Logo बिहिवार, आश्विन १ गते २०८३
images

हाइटीमा शक्तिशाली भूकम्प : ३०४ जनाको मृत्यु,१ हजार ८ सयभन्दा बढी घाइते

हाइटीमा शक्तिशाली भूकम्प : ३०४ जनाको मृत्यु,१ हजार ८ सयभन्दा बढी घाइते

  • 2.8K
    SHARES

  • हाइटीमा शक्तिशाली भूकम्प : ३०४ जनाको मृत्यु,१ हजार ८ सयभन्दा बढी घाइते

    बुटवल,साउन ३१ ।

    क्यारेबियन मुलुक हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या तीन सय चार पुगेको छ । घटनामा परी अन्य थप १८ सयभन्दा बढी मानिस घाइते भएका छन्।

    ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण घर, होटेल र चर्चहरु ठूलो मात्रामा भत्किएका छन् । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ ।

    प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ ।

    यस पहिले हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो ।

    उक्त भूकम्पमा परी कम्तीमा तीन लाख घाईते र दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology