Logo बिहिवार, आश्विन १ गते २०८३
images

रोटरी क्लवअफ बुटवल चौतारीद्वाराआम्दा अस्पताल परिषरमा बृक्षारोपण

रोटरी क्लवअफ बुटवल चौतारीद्वाराआम्दा अस्पताल परिषरमा बृक्षारोपण

  • 3.0K
    SHARES

  • रोटरी क्लवअफ बुटवल चौतारीद्वाराआम्दा अस्पताल परिषरमा बृक्षारोपण

    बुटवल,साउन ३० ।

    रोटरी क्लवअफ बुटवल चौतारीले बुटवलको आम्दा अस्पताल परिषरमा बृक्षारोपण गरेको छ  । रोटरी वर्ष २०२१–२२ले  वातावरण बचाँउन र संरक्षण गर्नका बिभिन्न योजना अगाडि सारेको र त्यसलाइ सार्थक बनाउन ४५० वटा बिरूवाहरू राेपिएको क्लवका अध्यक्ष सुरज क्षेत्रीले बताए । 

    यसका लागि देवदह सव डिभिजन कार्यालय देवदह शित्तलनगर र गुप्ता नर्सरीबाट बिरुवाहरु ल्याइएको अध्यक्ष क्षेत्रीले बताए ।बुटवलको आम्दा हस्पिटल प्राङ्गणका विभिन्न खालीक्षेत्रहरुमा फलफूल तथा अन्य रुख विरुवाहरु रोपेको हो । 

    क्लवका एजी राजेन्द्र कार्कीले वातावरणा जोगाउनु सबैको दायित्व भएको बताए ।

    सो अवसरमा आम्दाका मेसु डा. राजेन्द्र बस्याल,क्लवका संस्थापक अध्यक्ष बिष्णु घिमिरे,थानेश्वर पाण्डे,अस्पतालका पूर्व मेसु माधव शर्मा,डाइरेक्टर धुर्ब श्रेष्ठ,डा सन्तोष पोखरेल,रोट्याक्ट क्लवअफ बुटवल चौतारीका अध्यक्ष सुवास नेपाल,कार्यक्रम संयोजक उपाध्यक्ष सन्तोष केसी,कार्यक्रम संचालक लक्ष्मण सुबेदी लगायतले बोलेका थिए ।

    tt.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology