Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

रुपन्देहीमा रोबिन हुड आर्मी स्थापनाको १ वर्ष पुरा

रुपन्देहीमा रोबिन हुड आर्मी स्थापनाको १ वर्ष पुरा

  • 2.4K
    SHARES

  • रुपन्देहीमा रोबिन हुड आर्मी स्थापनाको १ वर्ष पुरा

    बुटवल,साउन २६ ।

    रोबिन हुड आर्मी रुपन्देहीमा स्थापना भएको १ वर्ष पुरा भएको छ । रोबिन हूड आर्मी एक सामाजिक सेवामा आधारित, शून्य कोष संगठन हो जसमा संलग्न स्वयंसेवकहरुले रेष्टुरेन्ट र समुदायबाट खाना संकलन गरेर मानिसहरूलाई सेवा पुर्‍याउने काम गरिरहेका छन् ।

    यो संगठन रुपन्देहीमा संचालित भएदेखि अहिलेसम्म मैनादेवी अनाथ आश्रम , नेपाल अपाङ्ग आश्रम , ट्राफिक चोक , देवीनगर तथा नगरभित्र खाना नपाएर अभावमा बसेकालाई खाना पुर्याउने काम भएको छ र तिहारको अवसर पारेर गोरीसिंह , भुद्धभुमी नगरपालिका-२ मा  साठ्ठी घरलाई खाद्यान्न सहयोग भएको छ जसमा ५२५ किलो चामल , ७५ किलो दाल , ३५ किलो नुन र २० लिटर तेल रहेको थियो ।

    यसै गरी विभिन्न अनाथ आश्रम र वृद्ध आश्रममा सहयोग गर्दै आएको छ रोबिन हुड आर्मी रुपन्देहीले र कोरोनाको समयमा संक्रमितलाई प्लाज्मा , आइसियु बेड र भेन्टिलेटरको सक्दो व्यवस्था गरेर यसबाट धेरैलाई सहयोग भएको रोबिन हुड आर्मी रुपन्देहीका सक्रिय सदस्य आकाश भण्डारीले नागरिक अनलाइनलाइ जानकारी दिए । 

    यसमा सहयोग गर्न चाहने वेक्तीले रोबिन हूड आर्मी रुपन्देहीका स्वयंसेवकलाई सम्पर्क गर्न र फेसबुक ग्रुपमा जोडिन समेत सकिने  भण्डारीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology