Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आन्दाेलनरत संयुक्त विद्यार्थी संगठनले गरे लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

आन्दाेलनरत संयुक्त विद्यार्थी संगठनले गरे लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

  • 4.4K
    SHARES

  • आन्दाेलनरत संयुक्त विद्यार्थी संगठनले गरे लुम्बिनी वाणिज्य क्याम्पसमा तोडफोड

    बुटवल,साउन २६ ।

    लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा चार विद्यार्थी संगठनले तोडफोड गरेका छन् ।  नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र र विप्लव निकट अखिल क्रान्तिकारी तथा अखिल छैठौंले संयुक्त रुपमा क्याम्पसको पुरानो भवनमा रहेका लेखा र परीक्षा शाखामा तोडफोड गरेका हुन् ।

    todfod.jpg

    त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस कार्यक्रम हटाएको विरोधमा उनीहरुले तोडफोड गरेका हुन् ।

    यसअघि साउन ८ गते नै चार विद्यार्थी संगठनले एमबीएस कार्यक्रम नहटाउन माग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तर क्याम्पसले एमबीएसको सट्टा एमबीएस एफ र एमबीए एमएफ कार्यक्रममा भर्ना खोलेपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

    एमबीएस एफ र एमबीए एमएफ कार्यक्रम क्याम्पसले स्वायत्त ढंगले सञ्चालन गर्ने र शुल्क चार गुणा महँगो भएकाले गरीब तथा विपन्न वर्गका विद्यार्थीका लागि एमबीएस कार्यक्रमलाई नै निरन्तरता दिन माग गरिएको नेविसंघ क्याम्पस समितिका उपसभापति अशोक गौतमले बताए ।

    निजी क्याम्पसले एमबीएस कार्यक्रमलाई निरन्तरता दिएकाले उनीहरुलाई फाइदा पुर्याउने गरी हटाइएको उनले बताए ।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology