Logo मंगलवार, श्रावण १२ गते २०८३
images

एमबिएसको फाराम खुलाउन २४ घण्टे अल्टिमेटमसहित लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी

एमबिएसको फाराम खुलाउन २४ घण्टे अल्टिमेटमसहित लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी

  • 3.5K
    SHARES

  • एमबिएसको फाराम खुलाउन २४ घण्टे अल्टिमेटमसहित लुम्बिनी वाणिज्य क्याम्पसमा तालाबन्दी

    बुटवल,साउन ८ -

    एमबीएसको फाराम खुलाउन २४ घण्टे अल्टिमेटमसहित लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा तालाबन्दी भएको छ । चार विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन्।

    नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी, अखिल छैठौं र अखिल क्रान्तिकारीले संयुक्तरुपमा आन्दोलन गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

    प्रवेश परीक्षा फाराम खुलाई एमबिएसलाई निरन्तरता नदिएसम्म अनिश्चितकालका लागि ताला लगाइएको विद्यार्थी संगठनले जनाएका छन्।

    उनीहरुले प्रेस विज्ञप्ती मार्फत २४ घण्टे अल्टिमेटम दिँदै तत्काल फारम खुलाउन माग गरेका थिए। तर ४ दिन बितिसक्दा पनि क्याम्पस प्रशासनले उक्त मागलाई बेवास्ता गरेकाले तालाबन्दी गरेको अनेरास्ववियु लुम्बिनी वाणिज्य क्यापसका सचिव योगेन्द्र रायमाझीले नागरिक अनलाइनलाइ बताए। 

    लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबिएस कार्यक्रम र बिबिएसलाई पनि हटाई पुर्ण रुपमा स्वायत्तताको बाटो हुँदै मानित विश्वविद्यालयको नाममा शैक्षिक प्रमाणपत्र व्यापार गर्ने भ्रष्टाचारको अखडा बनाउन लागेको विद्यार्थी संगठनले आरोप लगाएका छन् । letter.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology