Logo बिहिवार, आश्विन १ गते २०८३
images

भूमि आयोग विघटनको कारण देखाउन सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

भूमि आयोग विघटनको कारण देखाउन सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

  • 2.7K
    SHARES

  • भूमि आयोग विघटनको कारण देखाउन सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    बुटवल,साउन २५ ।

    सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नुको कारण पेश गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

    न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सोमबार भूमि आयोग विघटन गर्नुपर्ने कारण पेश गर्न भन्दै सरकारलाई अल्पकालीन अन्तरिम आदेश दिएको हो।

    सरकारले गत मंगलबार भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो। यो निर्णयविरूद्ध अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा निवेदन दिएका थिए। मुद्दाका दुबै पक्षको छलफलपछि यो मुद्दाको निष्कर्षमा पुगिने भएकाले भूमि आयोग विघटनको सुनुवाइ लम्बिने देखिएको छ।

    supreme-court_6WX1dbnxI3.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology