Logo बुधवार, श्रावण १३ गते २०८३
images

देउवाप्रति रामचन्द्र पौडेलको आक्रोशः ‘असफल व्यक्ति बारम्बार सत्तामा पुग्छन्’

देउवाप्रति रामचन्द्र पौडेलको आक्रोशः ‘असफल व्यक्ति बारम्बार सत्तामा पुग्छन्’

  • 2.7K
    SHARES

  • देउवाप्रति रामचन्द्र पौडेलको आक्रोशः ‘असफल व्यक्ति बारम्बार सत्तामा पुग्छन्’

    बुटवल,साउन २५ ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन पटक-पटक सारिएकामा तीव्र असन्तुष्टि प्रकट गरेका छन्। 

    त्यस क्रममा नेता पौडेलले प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवालाई असफल व्यक्ति भन्दै आक्रोश पोखेका छन्। कांग्रेसको विधानबमोजिम ४ वर्षभित्र महाधिवेशन गर्नुपर्नेमा असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। त्यसपछि पनि संविधानको आडमा अरू ६ महिना बढाइयो।

    यसभित्र पनि महाधिवेशन नगरेर अहिले निर्वाचन आयोगसँग हारगुहार गर्नुपर्ने निरीह स्थितिमा पार्टीलाई पुर्याएको उल्लेख गर्दै यो भन्दा नेतृत्वको चरम असफलता के हुन्छ भनेर वरिष्ठ नेता पौडेलले देउवाको नाम नलिईकन उनको आलोचना गरेका हुन्। ‘नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको छ,’ नेता पौडेलले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरू के हुन्छ ?’

    उनले देउवाप्रति संकेत गर्दै अगाडि भनेका छन्, ‘यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology