Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

रोट्याक्ट क्लव अफ बुटवलले गर्यो मगरघाटमा स्यानिटाइज

रोट्याक्ट क्लव अफ बुटवलले गर्यो मगरघाटमा स्यानिटाइज

  • 1.4K
    SHARES

  • रोट्याक्ट क्लव अफ बुटवलले गर्यो  मगरघाटमा स्यानिटाइज

    बुटवल,साउन २४ । 

    रोट्याक्ट क्लव अफ बुटवलले मगरघाटमा स्यानिटाइज गरेको छ ।

    बर्ष २०२१-२२ले तिलोत्तमामा रहेको मगरघाट क्षेत्रमा पूर्णरूपमा स्यानिटाइज गरेको हो  । क्लवका अध्यक्ष राजु पुनले अब बर्षभर नै बढी भिडभाड हुने,संक्रमण फैलिनसक्ने  ठाँउहरूमा यसरी नै स्यानिटाइज गर्ने योजना रहेको बताए । कार्यक्रममा मगरघाट समितिका अध्यक्ष पदम रानाले क्लवलाइ धन्यबाद दिए ।

    सो अवसरमा क्लवका भूपू अध्यक्ष बसन्त श्रेष्ठ,रनिल श्रेष्ठ,निबर्तमान अध्यक्ष सुमन अधिकारी लगायतले बोल्दै अभियानलाइ सबैले साथ दिनुपर्ने बताए । एस क्लिनिङ सोलुसनको सहयोगमा भएको सो कार्यक्रमको संयोजक बिशाल आत्रेय रहेका थिए ।

    सो कार्यक्रमको स्चालन भने सचिब सुस्मिता श्रेष्ठले गरेकी थिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology