बुटवल,साउन २४ ।
मौलिक जरोकिलो पार्टीले रूपन्देहीमा संगठन बिस्तार गरेको छ । लुम्बिनी प्रदेश संयोजक प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा भेला गरि जीवन भण्डारी संयोजक रहने गरी १४ सदस्यीय तदर्थ समिति गठन गरेको हाे ।
उप संयोजक सागर थापा,कोषाध्यक्षमा गिता गैरे र प्रवक्तामा देबेन्द्र चापागाइ र सचिवमा शिव पंगेनि रहेका छन ।
सहृदयता दर्शनवाद ,आधारसिला चतुष्टय ,स्थिति गद्यात्मक प्रगतिवाद र राज्यराष्ट्र सिद्धान्तको प्रचार प्रसारको लागि रुपन्देही को १६ स्थानिय पालिकामा वडा सम्म नै संगठन बिस्तार र सदस्यता अभियान चलाइने जिल्ला संयोजक जीवन भण्डारीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)