Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लव अफ बुटवल नमस्तेद्वारा पाणिनी पार्कमा बृक्षारोपण

लायन्स क्लव अफ बुटवल नमस्तेद्वारा पाणिनी पार्कमा बृक्षारोपण

  • 2.5K
    SHARES

  • लायन्स क्लव अफ बुटवल नमस्तेद्वारा पाणिनी पार्कमा बृक्षारोपण

    बुटवल,साउन २३ ।

    लायन्स क्लव अफ बुटवल नमस्तेले बृक्षारोपण कार्यक्रम गरेको छ ।बुटवल १३ जितगढीमा रहेको पाणिनी पार्कमा बृक्षारोपण गरिएको क्लवका अध्यक्ष कृष्ण पाण्डेले बताए  ।

    उनले सामाजिक उत्तरदायित्व अन्तरगत उक्त कार्यक्रम गरिएको बताए। उनले व्यक्तिगत रूपमा ३ वटा जाली प्रदान गरे । एक महिना भित्र २५ जालि प्रदान गर्ने प्रतिबद्धता व्यक्त  गरे ।

    कार्यक्रममा प्रमुख अतिथी  एवं डिष्ट्रिक एडभाइजर उमंग देबकोटाले बिरुवा रोपेसंगै विरूवाको संरक्षण गर्नु र हुर्काउनु पनि दायित्व भएको बताए । 

    पाणिनी पार्कका अध्यक्ष ऋषि आजादले लायन्स क्लव अफ बुटवलको उद्धेश्य अनुसार पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा बिशिष्ट अतिथी योगेश घिमिरे,अतिथी वाड १३ का अध्यक्ष नारायण प्रसाद पुन,राजेश गैरे तथा स्थानीयको उपस्थिति रहेको थियो।

    स्वागत भने तृतीय उपाध्यक्ष केदार भुषालले गरेका थिए । ५० वटा धुपीका बिरूवा राेपिएको कार्यक्रम संयोजक तथा सचिव राजन गौडेलले बताए । 

    tree plantation.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology