बुटवल,साउन २२ ।
नेपालमा २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोभिड-१९ पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ८५ जना संक्रमित निको भएका छन् भने थप २५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १९ पुगेको छ ।
शुक्रबार सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ४२ रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)