Logo बिहिवार, आश्विन १ गते २०८३
images

एकतर्फी रुपमा गरिएको पार्टी सदस्यता नविकरणसहितका गतिविधि अमान्य : एमाले अध्यक्ष गुरुङ

एकतर्फी रुपमा गरिएको पार्टी सदस्यता नविकरणसहितका गतिविधि अमान्य : एमाले अध्यक्ष गुरुङ

  • 10.3K
    SHARES

  • एकतर्फी रुपमा गरिएको पार्टी सदस्यता नविकरणसहितका गतिविधि अमान्य : एमाले अध्यक्ष गुरुङ

    बुटवल, साउन २० ।

    नेकपा एमाले रुपन्देही (माधव नेपाल पक्ष)ले ओली पक्षले एकपक्षीय रुपले पार्टी सदस्यता नविकरण गरेकोमा आपत्ती जनाएको छ । एकपक्षीय ढंगबाट भएका गतिविधि प्रति ध्यानाकर्षण भएको माधव पक्षले जनाएको हाे  । एमाले माधव पक्षका रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले एक विज्ञप्ति जारी गर्दै ओली पक्षको गतिविधि अदालतको फैसला समेत अवज्ञा हुनेगरि तथा जनभावना बिपरित भएको ठहर गरेको हाे ।

    गुरुङ्गले अन्तरविरोध समाधानतर्फ उन्मुख भएको समयमा पार्टी एकताका लागि एकता कार्यदलले प्रस्ताव गरेको र ओली पक्षिय एमाले केन्द्रिय कमिटी स्वयमले पारित गरेको दशबुदे विपरीत ओली समूह गएको आरोप लगाउँदै समझदारीको मर्म र भावना विपरित एकतर्फी रुपमा पार्टी सदस्यको नविकरण गर्ने कुरा मान्य नहुने जनाएका छन् ।

    विज्ञप्तिमा भनिएको छ -‘हामीहरु नेकपा एमालेको बृहतर पार्टी एकता गर्दै आगामी महाधिवेशनमा नयां नेतृत्व स्थापित गर्ने कुरामा सहमत छौ । २०७५ जेठ २ मा पार्टीका पूर्ववत कमिटीहरु सञ्चालन गर्नुपर्ने सर्वोच्च अदालतको फैसला समेत अवज्ञा हुनेगरी ०७५ जेठ २ अघिका कुनै पनि कमिटीले नचिन्ने र नजान्ने कमिटीको बैठक राखि पार्टीको विधि विधान विपरित गरिएका बैठकका निर्णय स्वयमा अवैधानिक रहेको छ ।’

    हेराैँ बिज्ञप्ति :-

    uml.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology