बुटवल, साउन २० ।
लायन्स क्लव अफ बुटवल नमस्तेले बुटवल माबिमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।
क्लवको वार्षिक योजना अनुसार बुधबार एक समारोहका बिच लायन्स डिष्ट्रिक एक्जुकेटिभ चिफ अर्जुनमान सैजु, डिष्ट्रिक एडभाइसर उमंग देवकोटा, एरिया चिफ जीवन गौतम, रिजन चियरपर्सन एमएल पाण्डे,जोनचियरपर्सन रिता शर्माले बुटवल उपमहानगरपालिका वडा नं १ का सदस्य मदन श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक घनश्याम गौतमलाई ह्वाइट बोर्ड हस्तान्तरण गरिएको हो।
प्रविधिमैत्री शिक्षामा जोड दिन विद्यालयलाई १० थान ह्वाईट बोर्ड हस्तान्तरण गरेको क्लबका अध्यक्ष कृष्ण पाण्डेले बताए। नगरकै महत्त्वपूर्ण स्थलमा रहेको विद्यालयमा अझै पनि चकडस्टरको माध्यमबाट पढाईहुदै आएको देखेर यसमा सुधार ल्याउन शैक्षिक सामग्री वितरण गरिएको उनले बताए।
कार्यक्रम क्लबका सचिव राजन गौडेलले समयसापेक्ष शिक्षामा प्रविधिको प्रयोगलाई जोड दिने उद्धेश्यका साथ श्रोत जुटाएर शैक्षिक सामग्री वितरण गरिएको बताए।
बुटवलकै पुरानोमध्येको एक बुटवल माविको भौतिक र शैक्षिक विकासका लागि स्थानियहरुको पहलमा विगत लामोसमयदेखि विभिन्न कार्यक्रमहरु चलाउदै आएको छ। एक विद्यार्थी एक अभिभावक, खानानास्ता कार्यक्रम लगायत चलाएर विद्यार्थीहरुलाई प्रोत्साहन गरिदै आएको विद्यालयका प्रधानाध्यापक घनश्याम गौतमले बताए। साे कार्यक्रमको संयाेजन क्लवका सहकोषाध्यक्ष सन्ताेष घिमिरेले गरेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)