Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाह्री बा सहित १४ कलाकारले धुम मच्चाएको तीज गीत ‘बालै भएन’ (भिडियाेसहित)

दाह्री बा सहित १४ कलाकारले धुम मच्चाएको तीज गीत ‘बालै भएन’ (भिडियाेसहित)

  • 4.2K
    SHARES

  • दाह्री बा सहित १४  कलाकारले धुम मच्चाएको तीज गीत ‘बालै भएन’ (भिडियाेसहित)

    बुटवल,साउन १८-

    बुटवलमा तीज गीत ‘बालै भएन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। मोफसलमा हालसम्मकै सबैभन्दा धेरै लगानी भनिएको भिडियो निर्माणमा साढे ३ लाख खर्चिएको दाबि गरिएको छ  ।

    चर्चित कलाकार सुरविर पन्डित दार्ही बाको अभिनयसहित १४ जना कलाकारको अभिनय छ। पछिल्लो समयकी चर्चित गायिका प्रीति आले र लोक गायक रामु एस।केको स्वर रहेको उक्त गितको निर्देशक, शब्द र म्युजिक जनक घिमिरेको रहेको छ।

    भिडियोमा पछिल्लो समय युवा पुस्तालाई मध्यनजर गरि पप गितको भर्जनमा ड्रम सेट , मादल आदि बाद्यवादनको प्रयोग गरेको देख्न सकिन्छ।
    गितमा सुरविर पण्डितका साथै मिरा महत्रा, नारायण बिपि परियार, प्रिया कंडेल , अनिल पौडेल , दिक्षा खनाल, किशोर थापा, बबिता धिताल, सन्तोष शर्मा, कोमल पाण्डे , रक क्षेत्री, सृष्टी बिश्वकर्मा, गणेश सापकोटा र शाहिर केसी लगायत कलाकारको अभिनय रहेको छ।

    ३ लाख पचास हजार रूपैयाँ लगानीमा निर्माण भएको गीतको छायांकन प्रदिप कंडेलले गरेका हुन् । गीत स्वाभिमान क्रियशनको युट्युव च्यानलबाट सार्वजनिक भएको छ।

    भिडियाे हेराैँ:-

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology