Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

यी हुन् द भ्वाइस अफ नेपाल सिजन थ्रीका चार उत्कृष्ट

यी हुन् द भ्वाइस अफ नेपाल सिजन थ्रीका चार उत्कृष्ट

  • 2.4K
    SHARES

  • यी हुन् द भ्वाइस अफ नेपाल सिजन थ्रीका चार उत्कृष्ट

    बुटवल,साउन १५ -

    द भ्वाइस अफ नेपाल सिजन थ्रीका चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरे ।

    किरण गजमेर,आर्यन तामाङ,तारा श्रीष मगर र ज्वाला राई फाइनलमा प्रवेश गरेका छन्  ।

    एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधासमेत छ ।

    आज शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले फिनालेको भोटका लागि आफ्ना प्रस्तुतिहरु दिनेछन् । अर्को शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology