दाङ, साउन १६ ।
सल्यानमा करेन्ट लागेर एक सहचालकको मृत्यु भएको छ । सल्लाको काठको गोलिया लोडेर ट्रकमाथि चढेर रसी बाँध्ने क्रममा ट्रकका सहचालक सल्यान शारदा नगरपालिका वडा नं. १४ का २५ बर्षीय बिमल भण्डारीको शुक्रबार बेलुका ८ बजेतिर कपुरकोट गाउँपालिका वडा नं. ३ ठूलीचौर नेर करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्लानका प्रमुख डिएसपी गोबिन्द थापाले सल्यानबाट काठका गोलिया लोड गरि दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २४२७ नम्बरको ट्रकको माथि चढेर रसि बाँध्ने क्रममा भण्डारीलाई करेन्ट लाग्न पुगेको जानकारी दिनुभयो ।
सडक छेउमा बिस्तारित बिद्युतको नाङ्गो तारले छुँन पुग्दा भण्डारीलाई करेन्ट लाग्न पुगेको र गम्भीर अबस्थामा कपुरकोट स्वास्थ्य चौकीमा साढे आठ बजे पु¥याए लगतै स्वास्थ्यकर्मीले भण्डारीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
ट्रक चालक प्रहरी नियन्त्रणमा छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)