Logo बिहिवार, आश्विन १ गते २०८३
images

छुवाछुत दलितहरुको मात्रै नभई समाजको मुद्धा हो : स्वास्थ्य मन्त्री श्रेष्ठ

छुवाछुत दलितहरुको मात्रै नभई समाजको मुद्धा हो : स्वास्थ्य मन्त्री श्रेष्ठ

  • 1.6K
    SHARES

  • छुवाछुत दलितहरुको मात्रै नभई समाजको मुद्धा हो : स्वास्थ्य मन्त्री श्रेष्ठ

    बुटवल, साउन १४ ।

    लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले संविधानको हक र अधिकार कार्यान्वयनमा दलहरु इमान्दार नहुँदा सामाजिक विभेद अन्त्य हुन नसकेको बताएका छन् ।  उनले जातीय छुवाछुत दलितहरुको मात्रै नभई सभ्य समाजको मुद्धा भएको बताए ।

    जागरण मिडिया सेन्टरको आयोजनामा विहिबार बुटवलमा भएको दलित समुदायको मानव अधिकार संरक्षण र प्रवद्र्धनमा प्रदेश सांसदको भूमिका बिषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो कुरा बताएका हुन । उनले नैतिकता र इमान्दारीता दलहरुमा नदेखिएकाले दवावको खाँचो रहेको समेत औल्याए । उनले विभेद रहित समाज निर्माणका लागि प्रदेश सरकार प्रतिबद्ध भएको बताए ।  

    कार्यक्रममा लुम्बिनीका भौतिक पूर्वाधार विकास समितिका सभापती आशा स्वर्णकारले जातका आधारमा विभेद अझै पनि कायम रहेको बताउँदै दलित समुदायले भोगेका समस्या समाधान गर्ने सवालमा आफूहरु प्रतिबघ भएको बताईन । तर, उनले दलितको बिषय दलित सांसद वा त्यो समुदायले मात्रै उठाउनुपर्ने युगको अन्त्य गर्नुपर्ने बताईन ।

    सांसद कमला देवी विश्वकर्माले संघियताको पहिलो अभ्यासमा रहेकाले आवश्यक कानुन निर्माणमा सहयोग नपाएको बताइन । अर्का सांसद दीपा विश्वकर्माले सरकार कस्तो बन्छ भन्दा पनि कस्तो दृष्टिकोणले बनेको हुन्छ त्यो महत्वपूर्ण हुने भन्दै दलित समुदायका लागि प्रदेशमा छुट्टै कानुन निर्माणमा जुटेको बताईन ।

    संविधानसभा सदस्य विनोद पहाडीले लुम्बिनी प्रदेशमा दलित समुदायको सशक्तिकरणका लागि विधेयक आवश्यक भएको बताउँदै त्यसका लागि सांसदहरुको भूमिका सशक्त हुनुपर्नेमा जोड दिए । उनले लुम्बिनीका मुख्यमन्त्रीले ३ वर्षको अवधिमा दलित समुदायका लागि कुनै पनि काम नगरेको बताए ।

    उक्त अवसरमा अधिवक्ता पदम कार्कीले संविधानमा भएको व्यवस्थाको अधिकतम उपभोग हुन नसकेको बताए । यूवा संघका केन्द्रीय उपमहासचिव सरिता श्रीसले सामूहिक भावनाका साथ एकताबद्ध भएर विभेद विरुद्धको अभियानमा लाग्नुपर्ने बताईन ।dalit samaj.jpg

    कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष तथा संविधानसभा सदस्य कमला विश्वकर्मा, भगत सर्वजित प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्मा, दलित नेता ओम प्रकाश विक, जनाप्रतिनिहरु माया दर्नाल, सुष्मा अर्याल, सरस्वती परियार, माधवलाल सपाकोटा, कृष्ण गाउँले, लता खड्का, गकुल विश्वकर्मा, जानकी नेपाल, सावित्रा विश्वकर्माले सरकार र सांसदहरुले विभेदरहित समाज निर्माणमा सशक्त भूमिका खेल्न नसकेको आरोप बताएका थिए । कार्यक्रम जागरण मिडिया सेन्टर अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता,  सचिव कृष्ण दर्नालको स्वागत एंव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology