Logo बुधवार, श्रावण १३ गते २०८३
images

एमाले विवादबारे ओलीले भने-‘अब धेरै कुर्न सकिन्न,शनिवारसम्म वार कि पार गरौँ’

एमाले विवादबारे ओलीले भने-‘अब धेरै कुर्न सकिन्न,शनिवारसम्म वार कि पार गरौँ’

  • 2.3K
    SHARES

  • एमाले विवादबारे ओलीले भने-‘अब धेरै कुर्न सकिन्न,शनिवारसम्म वार कि पार गरौँ’

    बुटवल,साउन १४-

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद शनिबारसम्ममा वारपार गर्न निर्देशन दिएका छन्। बुधबार पार्टी कार्यालय थापाथली पुगेका ओलीले यस्तो निर्देशन दिएका हुन्। 

    ‘म यति लचिलो छु। तर, बाहिर चाहिँ मैले पहल नगरेको भ्रम फिँजाइएको छ। अब धेरै कुर्न सकिन्न । शनिवारसम्म कि वार कि पार गरौँ, प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक एमाले मुख्यालय पुगेका अध्यक्ष केपी ओलीले महासचिव ईश्वर पोखरेललाई निर्देशन दिँदै भने, ‘जे-जे गर्नुछ, शुक्रबार रातिसम्म गरौँ, शनिवार बिहान स्थायी समिति बैठक बोलाउनूस्। सबै त्यहीँबाट टुंग्याऊँ।

    अध्यक्ष ओलीको उक्त भनाइपछि वार्तामा संलग्न संस्थापन पक्षीय नेताहरु बुधबार रातिदेखि नै सहमतिका लागि सक्रिय भएका छन्। उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङले वरिष्ठ नेता माधव नेपाल पक्षीय उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई फोन गरी अध्यक्ष ओलीको भनाइबारे बताएका थिए। उनीहरुले बिहीबार भेट्ने योजना बनाएका छन्। यद्यपि भेटको समय टुंगो लागिसकेको छैन। 

    संस्थापन पक्षले वरिष्ठ नेता नेपाल तत्कालै नआए पनि बाँकी नेताहरुलाई पार्टीमा फर्केर सक्रिय हुन प्रस्ताव गरेको छ। ‘उहाँ आउँदै गर्नुहुन्छ। अहिले कारवाही पनि गर्नुपरेन। बाँकी साथीहरु पार्टी काममा सक्रिय हुँदै गरेर एकतालाई अघि बढाउन सकिन्छ‘, ओली समूहका एक नेताले भने।  

    पार्टी एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिने विषयमा बहस भए पनि पछिल्लो समय नेता नेपाल त्यसप्रति पनि सकरात्मक छैनन। उनले बरु झलनाथ खनाल या अष्टलक्ष्मी शाक्यलाई दोस्रो अध्यक्ष बनाएर जान सकिने मत राखेका छन्। 

    पछिल्लो पटक साउन ६ गते केन्द्रीय कमिटीको बैठक अगाडि वरिष्ठ नेता नेपालनिकट सांसद सोमप्रसाद पाण्डेलाई बालकोट घरमै बोलाएर अध्यक्ष ओलीले ‘लौ सम्धीलाई भनिदिनुस्, म दोस्रो अध्यक्ष दिन तयार भएँ, भनेका थिए । दोस्रो अध्यक्ष भन्ने शब्दमै नेता नेपालको असहमति छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology