Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस वरिष्ठ नेता रामचन्द्रले भेटे सीता दाहाललाई,स्वास्थ्य अवस्थाबारे लिए जानकारी

कांग्रेस वरिष्ठ नेता रामचन्द्रले भेटे सीता दाहाललाई,स्वास्थ्य अवस्थाबारे लिए जानकारी

  • 1.7K
    SHARES

  • कांग्रेस वरिष्ठ नेता रामचन्द्रले भेटे सीता दाहाललाई,स्वास्थ्य अवस्थाबारे लिए जानकारी

    बुटवल,साउन ११-

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी श्रीमती सिता दाहाललाई भेटेका छन् । पौडेल सोमबार बिहान खुमलटार पुगेर दाहाललाई भेटेका हुन् ।

    प्रचण्डकी छोरी गंगा दाहालले भेटको तस्वीर सामाजिक सन्जालमा सार्वजनिक गर्दै पौडेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गरेकी छन् ।

    यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेलगत्तै खुमलटार पुगेर सीता दाहाललाई भेटेका थिए ।सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ बाट पीडित छिन् ।

    यसअघि उनको उपचार अमेरिका, स्वीजरल्याण्ड, भारत लगायतका अस्पतालमा उपचार गरिएको थियो । हाल उनको स्वास्थ्य जटिल बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology