बुटवल साउन १०-
उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बनेका छन् । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निजी विद्यालय सञ्चालक समेत रहेका उनलाई स्वास्थ्य राज्यमन्त्री बनाएका हुन् ।
देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेर जिम्मेवारी प्रदान गरेकी हुन् ।
श्रेष्ठ नेपाली काँग्रेसबाट समानुपातिक सांसद हुन् भने करिब ३९ वर्षदेखि उनी शिक्षा क्षेत्रमा क्रियाशिल रहेका छन् । राजधानीको चर्चित स्कुल लिटिल एन्जल्सको सञ्चालक समेत रहेका उनको कृषि, जलविद्युतलगायतका क्षेत्रमा पनि लगानी रहेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)