बुटवल,साउन ८-
लायन्स तथा लियो क्लवहरुको संयुक्त आयोजनामा बुटवलमा बृहत बृक्षारोपण कार्यक्रम भएको छ ।
लायन्स क्लव अफ बुटवल भृकुटी टाउन, लायन्स क्लव अफ बुटवल भृकुटी टाउन मनकामना, लायन्स क्लव अफ बुटवल बुद्धभूमि, लायन्स क्लव अफ बुटवल डाइनामिक टुरिजम, लायन्स क्लव अफ बुटवल क्यापिटल तथा लियो क्लव अफ तिलोत्तमा भृकुटी टाउनको संयुक्त आयोजनामा बुटवलको लक्ष्मीनगर आदर्श सामुदायिक बन परिषरमा बृक्षारोपण गरिएको लायन्स क्लव अफ बुटवल भृकुटी टाउनका अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो ।
अध्यक्ष कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा डिस्ट्रीक एक्जुकेटीभ चिफ अर्जुनमान सैंजु, डिस्ट्रीक कोचिफ एडभाइजर पुरुषोतम भक्त प्रधानांग, डिस्ट्रीक चिफ दीपक कुमार श्रेष्ठ, डेपुटी चिफ कोपिला रसाइली,एओजी शोभाखर पोखरेल,रिजन चियर प्रशन बिनोद सुबेदी,गोपाल पाण्डे,जोन चियर पर्सन भोजराज पाण्डे,लक्ष्मी आदर्श सामुदायिक बनका उपाध्यक्ष शालिकराम थापा,लियो डिस्ट्रीक सेकेन्ड भाइस प्रेसिडेन्ट लिलामणी न्यौपाने, डिस्ट्रीक मेन्मर कोशल राज गैरे,पवित्रा श्रेष्ठ,मन्जु पराजुली,कुमार तामाङ,समन्द्र जिसि लगायतले बोलेका थिए ।
सो अबसरमा लायन्स क्लव अफ बुटवल क्यापिटलका अध्यक्ष रिता केसी,धन्यबाद मन्तब्य लायन्स क्लव अफ बुटवल बुद्धभूमिका अध्यक्ष दीपक गौतम,मनकामनाका अध्यक्ष गिता भण्डारी तथा संचालन लायन्स क्लव अफ बुटवल डाइनामिक टुरिजमका सचिब टीकाराम ज्ञवालीले गर्नुभएको थियो । सो अबसरमा सितल चिनी,कटहर,सुपारी,आप गरि करिब ७५ वटा बिरुवा रोपिएको आयोजकहरुले जनाएका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)