Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमाले उपाध्यक्ष भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा

एमाले उपाध्यक्ष भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा

  • 3.7K
    SHARES

  • एमाले उपाध्यक्ष भीम रावलले फिर्ता लिए सांसदबाट दिएको राजीनामा

    बुटवल,साउन ८-  

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन्।  वरिष्ठ नेता  माधबकुमार नेपालले उनलाई टोखास्थित निवासमै गएर राजीनामा फिर्ता लिन भनेका थिए। 

    रावलले साउन ३ गते सांसदबाट राजीनामा दिएका थिए। उनको राजीनामा सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन्। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए। 

    २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका थिए।

    रावलले राजीनामा दिएपछि अरू एमाले नेताहरूले उनको राजीनामा जरूरी नरहेको भन्दै फिर्ता लिनु पर्ने बताएका थिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology