Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

पत्रकार चेतन पन्तले बनाए त्रिबेणीदेखि तिलौराकोटसम्मका चराहरुको बृत्तचित्र (भिडियो)

पत्रकार चेतन पन्तले बनाए त्रिबेणीदेखि तिलौराकोटसम्मका चराहरुको बृत्तचित्र (भिडियो)

  • 3.6K
    SHARES

  • पत्रकार चेतन पन्तले बनाए त्रिबेणीदेखि तिलौराकोटसम्मका चराहरुको बृत्तचित्र (भिडियो)

    बुटवल,साउन ७-

    नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज ) लुम्बिनी प्रदेशको आयोजनामा बृत्तचित्र सार्बजनिकीकरण गरिएको छ । बरिष्ठ पत्रकार चेतन पन्तको लेखन निर्देशनमा तयार पारिएको त्रिबेणीदेखि तिलौराकोटसम्मका चराहरु नामक बृत्तचित्रमा करिब ४ सय प्रजातीका चराहरुको जीवनी देखाइएको छ ।

    लुम्बिनी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै यसक्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउनका लागि बृत्तचित्र उपयोगी रहने अपेक्षा गरिएको छ ।

    आज बुटवलमा एक समारोहका बिच सो बित्तचित्र सार्बजनिक गरिएको हो । नेपाल पर्यटन पत्रकार महासंघ नेफ्टोज लुम्बिनी प्रदेशका अध्यक्ष भुवन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन ब्यबसायीहरु माधब नेपाल,समुन्द्र जिसि,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष  रामराज पोखरेल,बुटवल उद्योग बाणिज्य संघका महासचिब बिमलराज भट्टराइ,रुपन्देही उद्याेग संघका माधब पौडेल,पत्रकार महासंघ रुपन्देहीका निर्बतमान अध्यक्ष यानेन्द्र जिसी, बरिष्ठ पत्रकार तथा बित्तचित्रका लेखक निर्देशक चेतन पन्त लगायतले बोल्दै बित्तचित्रले यसक्षेत्रको पर्यटन बिकासमा थप टेवा पुर्याउने बताएका थिए ।

    पन्तले लकडाउनको समयलाइ सदुपयोग गर्दै नेपाली भाषा र अंग्रेजी भाषामा बित्तचित्र तयार पारेको बताए । कार्यक्रमको संचालन पत्रकार मिना ढकालले गर्नुभएको थियाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology