Logo बिहिवार, श्रावण १४ गते २०८३
images

इनरह्वील क्लव अफ बुटवल मिडटाउनको अध्यक्षमा ढुंगाना चयन

इनरह्वील क्लव अफ बुटवल मिडटाउनको अध्यक्षमा ढुंगाना चयन

  • 4.8K
    SHARES

  • इनरह्वील क्लव अफ बुटवल मिडटाउनको अध्यक्षमा ढुंगाना चयन

    बुटवल,साउन ६-

    इनरह्वील क्लव अफ बुटवल मिडटाउनमा नयाँ नेतृत्व चयन भएको छ ।  क्लवको बर्ष २०२१-०२२ का लागि नयाँ अध्यक्षमा सरस्वती ढुंगाना चयन भएकी छन् ।

    आइपीपीमा मिठ्ठु टण्डन भण्डारी,भिपीमा प्रभा अर्याल,सचिवमा देवी न्याैपाने,काेषाध्यक्षमा शान्ता भण्डारी,आइएसओ सुमित्रा न्याैपाने ,इडिटरमा सुशीला पाेखरेल ,एक्जुकेटीभ मेम्बरमा जमुना श्रेष्ठ र शिव राना रहेका छन् । त्यस्तै जाेइन्ट सेक्रेटरीमा गिता खनाल ,जाेइन्ट काेषाध्यक्षमा सबिता सुनार चयन भएका छन् ।

    क्लवका अध्यक्ष मिठ्ठु टण्डन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष आशा श्रेष्ठ,बाणिज्य क्याम्पस प्रमुख तारा उपाध्याय,जगत पाैडेल,मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डीपी खनाल लगायतले बाेल्दै क्लवको सक्रियताको प्रशंसा गर्दै निरन्तरताको कामना गरेका थिए ।

    क्लवले आजै पदहस्तान्तरण गरेको छ । साेही अवसरमा बुटवलमा क्रियाशील तीन पत्रकार सम्मानित गरिएको छ । इनरह्वील क्लव अफ बुटवल मिडटाउनले पत्रकारहरु कल्पना डुम्रे,अस्मिना पाण्डे र पूजा पन्थीलाइ नगदसहित सम्मान गरेको हो । 

    क्लवको गरिमा र महिमा उच्च राख्न सहयोग गरेको र समाज परिवर्तनमा उल्लेख्य योगदान पुर्याएको भन्दै उनीहरुलाइ सम्मान गरिएको क्लवका अध्यक्ष मिठ्ठु टण्डन भण्डारीले जानकारी दिइन् । उनीहरुलाई आज बुटवलमा आयोजित क्लवको पदस्थापन समारोहमा नगद,कदरपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

    डुम्रे नागरिक अनलाइन,बुद्ध टेलिभिजन तथा रेडियो जागरण,पाण्डे रेडियो मुक्ति र लुम्बिनी टिभी तथा पन्थी दैनिक पत्र र पहिलो पोष्टमा कार्यरत छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology