Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसको १४औं महाधिवेशन : डिजिटल भोटिङ गर्ने आन्तरिक प्रविधिको विकास

कांग्रेसको १४औं महाधिवेशन : डिजिटल भोटिङ गर्ने आन्तरिक प्रविधिको विकास

  • 2.1K
    SHARES

  • कांग्रेसको १४औं महाधिवेशन :  डिजिटल भोटिङ गर्ने आन्तरिक प्रविधिको विकास

    बुटवल,साउन ६-

    नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा डिजिटल भोटिङको आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो ।

    यस प्रविधिमार्फत सबै जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए । प्रविधिमार्फत पार्टीको आगामी १४औं महाधिवेशनमै केन्द्र र सबै प्रदेशको निर्वाचनसम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमताको विकास गरिएको छ ।

    महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।विभागको हालै सम्पन्न बैठकले डिजिटल भोटिङ को नमूना प्रदर्शनीको आन्तरिक कार्ययोजनासमेत तय गर्नाका साथै जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनीयरहरुको नेटवर्क तयार गरिएको छ ।

    महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्नेलगायत अन्य निर्णय पनि गरिएको उनले बताए ।विभागले यसअघि नै प्रविधि मैत्री अभियानका क्रममा पार्टीको वेबसाइटलाई आधुनिकीकरण र क्रियाशील सदस्यताको अभिलेखीकरण (डाटा इन्ट्री)को काम सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

    विभागले महाधिवेशनको प्रचारलाई विगतभन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने र त्यसका लागि पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णयसमेत गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology