बुटवल,असाेज ६-
जागरण मिडिया सेन्टरको मंगलबार बुटवलमा भौतीक दुरी तथा भर्चुअल माध्यम मार्फत गरिएको २१ औं साधरणसभा तथा ७ औं अधिवेशनबाट कमला विश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छ ।
सेन्टरको बरिष्ठ उपाध्यक्षमा मिलन परियार, उपाध्यक्षमा सोना खटिक, महासचिव भिम घिमिरे, सचिव कृष्ण दर्नाल र कोषाध्यक्षमा सुशिल दर्नाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत पदम बहादुर कार्कीले बताए ।
यसैगरि अधिवेशनबाट सदस्यहरुमा दिनेश परियार, सदस्य पूर्ण विक, रमेश बादी गन्धर्व, रिङ्कु दास र जगलाल नेपाली निर्वाचित भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)