Logo मंगलवार, श्रावण १२ गते २०८३
images

ओलीको बहिर्गमनले भष्मासुर प्रवृतिको अन्त्य : डा‍. बाबुराम भट्टराई

ओलीको बहिर्गमनले भष्मासुर प्रवृतिको अन्त्य : डा‍. बाबुराम भट्टराई

  • 4.0K
    SHARES

  • ओलीको बहिर्गमनले भष्मासुर प्रवृतिको अन्त्य : डा‍. बाबुराम भट्टराई

    बुटवल,साउन ३-

    पूर्वप्रधानमन्त्री डा‍. बाबुराम भट्टराईले ओलीको बहिर्गमनले भष्मासुर प्रवृतिको अन्त्य भएको टिप्पणी गरेका छन्। 

    प्रधानमन्त्री देउवाको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै भट्टराईले ओलीको कलंकपूर्ण शासनको अन्त्य भएको बताएका हुन्। उनले पुस ५ गतेदेखि जेठ ८ गतेसम्मको अवधिमा इतिहासको कालखण्डमा नराम्रो भएको बताएका हुन्।

    भट्टराईले भने, ‘पुस ५ देखि जेठ ८ गतेसम्म इतिहासको कलंकका रुपमा रहनेछ। जनताको सर्वोच्च निर्वाचित संस्थालाई पटक पटक विघटन गर्ने अपमानित गर्ने काम परास्त भएको छ। भष्मासुर प्रवृति पराजित भएको छ।’ उनले संविधानलाई आफूले जारी भएकै दिन आधा गिलास पानी भनेको र त्यो आधा गिलास पानीलाई पनि ओलीले खन्याइदिएको आरोप लगाए।

    ‘ओलीले आधा गिलास पानी पनि खन्याए। हामीले त्यसलाई भर्न लागेका छौँ। सर्वोच्चको फैसलाले देशलाई अध्यारो सुरुङमा जानबाट रोकेको छ, भट्टराई भने।

    उनले देउवा नेतृत्वको सरकारले द्धन्द्धकालीन मुद्दाको सम्बोधनलाई चाँडो सम्बोधन गर्नुपर्ने उल्लेख गरे। भट्टराई अझ पनि शान्ति प्रक्रियाको बाँकी कामको रुपमा रहेको टिआरसीलाई राजनीतिक मोलमोलाइएको विषय नबनाउन आग्रह गरे।

    सरकारले कोरोना नियन्त्रण र भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिन भट्टरार्ईले सुझाव दिए। उनले आफ्नो पार्टीतर्फ संकेत गर्दै अभागीलाई खानेबेला रिस उठ्ने उखानको स्मरण गरे। ‘अहिले साथीहरुले पनि देउवालाई मतदान गर्ने हुनुभयो,  मलाई खुसी लागेको छ,’ उनले भने।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology