Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौँ : महन्थ ठाकुर

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौँ : महन्थ ठाकुर

  • 2.9K
    SHARES

  • प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन्छौँ : महन्थ ठाकुर

    बुटवल,साउन ३- 

    जसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरूलाई सत्ता जोगाउनका लागि मात्र प्रयोग गरिएको गुनासो गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफलको क्रममा ठाकुरले सत्ताको खेलमा आफूलाई पार्ने गरिएको गुनासो गरे । 

    प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने भन्दै ठाकुरले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्ना केही माग सम्बोधन गरेको भन्दै धन्यवाद दिए । विशेषगरी नागरिकता अध्यादेश जारी गरेकोमा ठाकुरले ओलीलाई धन्यावाद दिएका हुन् । 

    मधेसका नागरिक नागरिकताबाट वञ्चित भएको उनले बताए । मधेसका अधिकार स्थापित गर्ने सवालमा ठूला दल चुकेको पनि उनले गुनासो गरे । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology