Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘यति चाँडै यस्तो दुर्दशा भाेग्नुपर्ने थियो भने म किन बाम एकता, र गठबन्धन बनाउने पक्षमा उभिन्थेँ होला’ :प्रचण्ड

‘यति चाँडै यस्तो दुर्दशा भाेग्नुपर्ने थियो भने म किन बाम एकता, र गठबन्धन बनाउने पक्षमा उभिन्थेँ होला’ :प्रचण्ड

  • 3.3K
    SHARES

  • ‘यति चाँडै यस्तो दुर्दशा भाेग्नुपर्ने थियो भने म किन बाम एकता, र गठबन्धन बनाउने पक्षमा उभिन्थेँ होला’ :प्रचण्ड

    बुटवल,साउन ३- 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु केपी ओलीको अहंकार र अत्याचारमा पिसिन बाध्य भएको दुखेसो पोखेका छन्।

    आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै दाहालले ओेलीको अहंकारले नै आज देशलाई यहाँ पुयाएको दाबी गरेका हुन्।

    उनले ओलीले झुट जालझेल र तिकडम गर्दा आफूले वाम एकता र गठबन्धनका लागि गरेको प्रस्तावप्रति नै पछुतो लागेको उल्लेख गरे।

    देउवालाई विश्वासको मत दिने प्रस्तावको समर्थन गर्दै प्रचण्डले भने, ‘दुई तिहाइ बहुमतको प्रधानमन्त्रीले पटक पटक संसद विघटन गरियो गर्नुभयो। कस्त्तो विडम्बनापूर्ण अवस्थामा आयो। मैले नै वाम एकताको प्रस्ताव गरेको हुँ। यति चाँडै यस्तो दुर्दशा भाग्नुपर्ने थियो भने म किन वाम एकता, र गठबन्धन बनाउने पक्षमा उभिन्थे होला।’

    नेकपामा आफूहरु ओलीको अहंकारको जाँतोमा पिसिन पुगेको बताए। ‘हामी अहंकार र अत्याचारको जाँतोमा नपिसिएको भए, ओलीजीका कुरा अलिकति हो कि क्या भन्ने लाग्थ्यो। तर हामीले भोग्यौँ, हामी यहाँ जिउँदै छौँ। भन्ने एउटा गर्ने अर्को ? जालझेल तिकडम गरियो। भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने कुरा त भ्रष्टाचार ढाकछोप गर्नका लागि रहेछ,’ दाहालले भने।

    ओलीबाट लोकतान्त्रिक संस्कार कहिँ नदेखिएको प्रचण्डको भनाइ छ। उनले देउवाको शपथ ग्रहण र आइतबार संसदमा ओलीले उपस्थित भएर धारणा नराख्नु अलोकन्त्रिक चरित्र भएको आरोप लगाए।

    प्रचण्डले भने, ‘देउवाको शपथमा ओलीको उपस्थित दिएन। यसले भिन्न मतलाई स्वीकार गर्न सक्ने आँट छैन भन्ने देखाएको छ। आज सदनले ओलीकै मुखबाट सुन्न पाइन्छ भन्ने लागेको थिएन, यो लोकतान्त्रिक संंस्कार हो कि अलोकतान्त्रिकरु’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology