Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डा. मिनेन्द्रले भने-‘सत्ता कस्तो चल्छ अब जनताले हेर्छन्,चर्को स्वरमा अदालतको आलोचना नगर्न चेतावनी’

डा. मिनेन्द्रले भने-‘सत्ता कस्तो चल्छ अब जनताले हेर्छन्,चर्को स्वरमा अदालतको आलोचना नगर्न चेतावनी’

  • 2.9K
    SHARES

  • डा. मिनेन्द्रले भने-‘सत्ता कस्तो चल्छ अब जनताले हेर्छन्,चर्को स्वरमा अदालतको आलोचना नगर्न चेतावनी’

    बुटवल,साउन ३- 

    नेपाली कांग्रेसले चर्को स्वरमा अदालतको आलोचना नगर्न चेतावनी दिएको छ। नेपाली कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले प्रतिनिधि सभाको आइतबारको बैठकमा विश्वासको मत माग्ने प्रक्रियामा आफ्नो धारणा राख्दै एमालेका नेता प्रदीप ज्ञवालीले दिएको अभिव्यक्तिप्रति यस्तो टिप्पणी गरेका हुन्।

    ज्ञवालीले श्रीमान ५ ले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै आलोचना गरेपछि रिजालले यस्तो चेतावनी दिएका हुन्।  उनले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड र अन्यलाई पनि धम्की नदिन पनि आग्रह गरे।

    प्रतिनिधि सभा विघटन गरि अध्यादेशबाट सरकार चलाउनेले संविधान भत्केको तर्क गर्न नसुहाउने रिजालको भनाइ छ।  संविधानले देखाएको बाटो अध्यादेश र विघटन गर्ने नभएको भन्दै उनले २०४७ सालको संविधानमा धारा ७६ को उपधारा ५ नभएको र अहिले  उपधारा ५ बिर्सिन नहुने बताए। 

    ‘सत्ता कस्तो चल्छ अब जनताले हेर्छन्। सत्ताले संसद्को गरिमा बढाउने छ। बीपी कोइरालाको पार्टी हो’ उनले भने ‘आठ वटा फाँसीको सजाय बोकेर हिँडेका गणेशमान सिंहको पार्टी हो। अदालतको सम्मानलाई गर्वका साथ भन्छौं कठिन समयमा पनि बाटो देखाएको थियो अहिले पनि देखाएको छ।’

    उनले प्रधानमन्त्री शेरबहादुर देउवाले विगतका सरकारले गरेका राम्रा कामहरु निरन्तरता हुने भनेर नम्रता प्रस्तुत गरेको तर यसलाई कमजोरीका रुपमा नबुझ्न चुनौती दिए। देउवाले सबैलाई साथ दिने भन्दै उनले सबैले विश्वासको मत दिन माग गरे।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology