बुटवल,साउन ३-
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतका न्यायाधीशसहित न्यायाधीशहरूलाई तत्कालीन राजा ज्ञानेन्द्रसँग तुलना गर्दै ‘श्रीमान् ५’ भनेका छन्।
संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि छलफलमा बोल्दै उनले २०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका शेरबहादुर देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री भएको बताए।
‘२०६१मा राजा ज्ञानेन्द्रले माननीय देउवाजीलाई प्रधानमन्त्री नियुक्त गर्नुभयो। अनि देउवाजीले त्यो बेला भन्नुभएको थियो– श्री ५ सरकारबाट मलाई न्याय भयो,’ उनले भने, ‘अहिले फेरि उहाँ पाँच जना श्रीमानहरूको आदेशबाट प्रधानमन्त्री हुनुभएको छ। पहिला श्री ५ र अहिले श्रीमान् ५’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)