Logo बिहिवार, आश्विन १ गते २०८३
images

केपी ओलीको घोषणा : माधवकुमार नेपाललाई एमालेमा कुनै ठाउँ छैन

केपी ओलीको घोषणा : माधवकुमार नेपाललाई एमालेमा कुनै ठाउँ छैन

  • 2.7K
    SHARES

  • केपी ओलीको घोषणा : माधवकुमार नेपाललाई एमालेमा कुनै ठाउँ छैन

    बुटवल,असार २९ - 

    निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको घोषणा गरेका छन्।

    निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। नेपालका पछाडि लाग्ने केही व्यक्तिहरूले कमीकमीजोरी महशुस गरेर काम गर्न चाहेमा मात्रै पार्टी ठाउँ दिने उनको भनाइ छ।

    उनले भने, ‘कमीकमजोरी स्वीकार्ने अन्यका हकमा पार्टीमा काम गर्न चाहनेलाई मौका दिन्छौं। तर, माधव नेपालको हकमा गल्तीकमजोरी महशुस गरेपनि पार्टीमा स्वीकार्ने ठाउँ छैन।’

    उनले नेपाललाई लाजसरम हराएका व्यक्तिको संज्ञा समेत दिएका छन्। उन नेपाललाई विश्वासघाती भनेर चित्रण गरेका छन्। उनले भने, ‘माधव नेपाल जस्ता लाज सरम हराएका मान्छेहरु, विश्वासघाती तत्वहरुलाई स्वीकार्न सकिँदैन।’

    आफ्नो विकासप्रेमी सरकार ढाल्ने कार्यको अगुवाइ नेपालले गरेको ओलीको आरोप छ। मंगलबार शपथ ग्रहणमा पनि नेपाल देउवा भन्दा अगाडि पुगेको उनको भनाइ छ। 

    ओलीले यसरी बोलिरहँदा कार्यकर्ताले ‘माकुने चोर,देश छोड’ ‘प्रचण्डलाइ फाँसी दे’,‘माकुनेलाइ फाँसी दे’ भन्दै नारा लगाएका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology