कौरव खत्री/गुल्मी,असार २९ -
गैर आवासीय नेपाली सघं एनआरएन जापानको अधिवेशन नजिकिँदै गर्दा माहोल बढ्दै गएको छ । आकाँक्षीहरुले महाधिवेशनका लागि आफ्नो उम्मेदवारी दिने क्रममा पनि बढेको छ । नेतृत्वका लागि उम्मेदवारीसगै विभिन्न चुनावी प्रतिबद्धताहरु पनि आएका छन् ।
यसैबीच लामो समयदेखि जापानमा रहनुभएका टिकाराम खरेलले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । खरेल हाल एनआरएनएको सचिव पदमा कार्यरत हुनुहुन्छ । खरेलले ईमान्दारिता, आर्थिक पारदर्शिता र लगनशिलता, सक्षम, सबल र साझा एनआरएनए मेरो प्रतिबद्दता” भन्ने प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।
खरेलले ग्रैह्र आवासीय नेपालीहरुका विभिन्न समस्या समाधान,विभिन्न जनचेतना मुलक कार्यक्रम, जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उच्च शिक्षा तथा रोजगारी लक्षित कार्यक्रम, छात्रवृत्तिका कार्यक्रम, भाषा कक्षा तथा विभिन्न सीपमुलक तालिमहरुको व्यवस्थापन लगायत अन्य थुप्रै महत्वकाक्षीं कार्यक्रम आफ्नो चुनावी प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
२००८ सालदेखि संस्थाको साधारण सदस्य रहँदै आउनु भएका खरेल २०१३ सालबाट नेतृत्व तहमा रहँदै आउनुभएको छ । यस अगाडी आफुले लामो समयदेखि सानो तहदेखि कार्य गर्दै आईरहेको र आफ्नो अनुभव, कार्यसम्पादनले आफु महासचिव पदका लागि सक्षम रहेको भन्दै सबैलाई भोटका लागि अपिल गर्नुभएको छ ।
गुल्मी जिल्लाको साविक अर्लाङ्कोट गाउँ विकास समितिमा जन्मनुभएका खरेलले नेपालमै रहँदा पनि शिक्षण पेशा र सामाजिक कार्यमा सलंग्न हुनुहुन्थ्यो । हाल लामोसमय देखि जापानमा व्यवसाय गर्दै आउनुभएका खरेल झण्डै विभिन्न आधा दर्जन सामाजिक सघंसंस्थामा कार्यरत हुनुहुन्छ ।
खरेलका चुनावी प्रतिबद्धता :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)