Logo बिहिवार, आश्विन १ गते २०८३
images

१० बुँदे सहमतिसंगै एमाले विवाद टुंगियाे ( सहमतिपत्र)

१० बुँदे सहमतिसंगै एमाले विवाद टुंगियाे ( सहमतिपत्र)

  • 1.7K
    SHARES

  • १० बुँदे सहमतिसंगै एमाले विवाद टुंगियाे ( सहमतिपत्र)

    बुटवल,असार २८-

    नेकपा एमालेभित्रको विवाद तत्कालका लागि टुंगिएको छ । कार्यदल स्तरको बैठकले १० बुँदे सहमतिसहित विवाद टुङ्ग्याएको हाे। आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए । उनका अनुसार कार्यदल बैठकमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्र नेतृत्व तहमा पेस गरिने उनले जनाए ।

    सहमतिको पहिलो बुँदामा पार्टीभित्रका अन्तरविरोधहरुलाई पार्टी भित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएको उल्लेख गरिएको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटी सदस्यहरु मनोनयन गर्ने निर्णयसहित) संगठनात्मक अवस्थाबाट क्रियाशिल हुने भनिएको छ । 

    सहमतिसँगै २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारवाहीहरु स्वतः बदर भएका छन् ।

    सहमतिमा २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा(एमाले) मा रहनेहरुको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेकाहरुलाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ । अन्यलाई नेकपामा रहँदा सरहको कमिटीमा संगठित गरिने भनिएको छ ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय अनुरुप अगाडि बढ्ने सहमतिमा उल्लेख छ । मिति र हस्ताक्षर नभएको सहमति समेत विवादमा परेको छ यसको ब्याख्या आफू अनुकूल गरिन थालिएको छ ।

    यस्तो छ सहमति :

    yemale.jpg

     

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology