Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राप्रपाकाे एकता महाधिवेशन बैशाखमा हुने,चुनाव चिह्न हलो राख्ने सहमति

राप्रपाकाे एकता महाधिवेशन बैशाखमा हुने,चुनाव चिह्न हलो राख्ने सहमति

  • 2.6K
    SHARES

  • राप्रपाकाे एकता महाधिवेशन बैशाखमा हुने,चुनाव चिह्न हलो राख्ने सहमति

    बुटवल,असाेज ६- 

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति गरेको छ ।

    एकीकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको सोमबार छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको हाे । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो ।

    कमल थापा नेतृत्वको साविक राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टी एकता जोगाउन भन्दै गाई चुनाव चिह्न छाड्ने निर्णय गरेको हो । धुम्बराहीमा बसेको थापा समूहको बैठकमा कतिपय नेताहरूले २०७० सालमा २५ सिट जितेर चौथो ठूलो दल बन्दा प्रयोग भएको गाई चिह्न छाड्न नहुने अडान लिएका थिए ।

    चुनाव चिह्नबारे औपचारिक निर्णय भने मंगलबार बस्ने कार्यसम्पादन समितिको संयुक्त बैठकले गर्ने एक नेताले जानकारी दिए ।

    एकता महाधिवेशन आगामी बैशाख तेस्रो साता गर्ने विषयमा पनि दुबै पक्षबीच सहमति जुटेको छ । कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर मंगलबार नै दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी भएको राप्रपा नेताहरूले बताएका छन् । यद्यपि कतिपय नेताहरूले मंगलबार शुभबार नभएको तर्क गरेका छन् ।

    २४ फागुन २०७६ मा कमल थापा, पशुपतिशम्शेर राणा र डा प्रकाशचन्द्र लोहनी गरी पार्टी एकीकरण घोषणा भएको थियो ।

    पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भयाैँ : कमल थापा

     राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको बताएका छन् । उनले हिन्दु राष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने बताएका छन् ।kamal-thapa-2.jpg

    उनले टुइट् गरेका छन् -‘हिन्दुराष्ट्रको एजेण्डा बोकेको राप्रपाको निम्ति गाई उपयुक्त चुनावचिन्ह हो।तर,पार्टी एकता जोगाउन सम्झौता अनिवार्य भयो।परिस्थितिजन्य यो वाध्यतालाई सहजरुपमा लिइदिन पार्टीका साथीरशुभचिन्तकहरुमा अपिल गर्दछु।अब राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा लागौं’।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology