Logo बिहिवार, आश्विन १ गते २०८३
images

होटल मेरियटमा केपी ओली र माधव नेपालबीच भेटवार्ता

होटल मेरियटमा केपी ओली र माधव नेपालबीच भेटवार्ता

  • 2.0K
    SHARES

  • होटल मेरियटमा केपी ओली र माधव नेपालबीच भेटवार्ता

    बुटवल,असार २३-

    एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाल सात बजे होटल मेरियटमा पुगेका थिए । नेता नेपाल पुगेको केही बेरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि मेरियटमा पुगेका छन् ।

    पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो । यसअघि आजै बसेको कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । त्यसका लागि ओली र नेता नेपालबीच भेटवार्ता गर्ने नेताहरुले बताएका थिए ।

    खासगरी संसद विघटन र सर्वोच्चमा पुगेको एमाले सांसदको हस्ताक्षरबारे मौन बसेर विवाद मिलाउनेमा नेताहरु पुगेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology