Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

ताराखोलामा बाढी  एक युवा बेपत्ता,१५ घरपरिवारलाई सुरक्षित स्थानमा सारियाे

ताराखोलामा बाढी  एक युवा बेपत्ता,१५ घरपरिवारलाई सुरक्षित स्थानमा सारियाे

  • 1.8K
    SHARES

  • ताराखोलामा बाढी  एक युवा बेपत्ता,१५ घरपरिवारलाई सुरक्षित स्थानमा सारियाे

    कौरव खत्री/असार २३,बागलुङ-

    बागलुङको ताराखोलामा अविरल वर्षाका कारण बाढी पहिरोमा परी एक युवा बेपत्ता भएका छन् ।

    मंगलबार राति अविरल वर्षासँगै आएकाको बाढी पहिरोले ताराखोला गाउँपालिका वडा नम्वर ३ हिल घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की पहिरोमा परि बेपत्ता भएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी प्रमुख  लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो । बाढी पहिरोले स्थानीय चन्द्र बहादुर कार्कीको ४० वटा बाख्रा पहिरोले पुरेको छ ।

    अहिलेसम्म ११ वटा जिवित र १९ वटा मृत बाख्रा निकालिएको प्रहरी प्रमुख न्यौपानेले जानकारी दिनुभयो । अहिले  पहिरोमा परि बेपत्ता हुनुभएका राजेन्द्र कार्कीको खोजी कार्य भैरहेको प्रहरी प्रमुख न्यौपानेले जानकारी दिनुभयो । अविरल वर्षाको कारण खेमखर्क टोलबाट खसेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीको एक रेष्टुरेण्ट समेत पहिरो बगाएको प्रहरी प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

    बाढी आएसँगै खोलामा पानीको बहाव बढेपछि घुस्मेली बजार क्षेत्रमा पस्न थालेपछि बजार क्षेत्रका करिव १५ घरपरिवारलाई राती नै सुरक्षित स्थानमा सारिएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology