Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोराेनाबाट जनता जाेगाउने उपाय नै खाेप र लकडाउन : प्रदेश स्वास्थ्यमन्त्री श्रेष्ठ

कोराेनाबाट जनता जाेगाउने उपाय नै खाेप र लकडाउन : प्रदेश स्वास्थ्यमन्त्री श्रेष्ठ

  • 2.4K
    SHARES

  • कोराेनाबाट जनता जाेगाउने उपाय नै खाेप र लकडाउन : प्रदेश स्वास्थ्यमन्त्री श्रेष्ठ

    बुटवल,असार २२ ।

    लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले जनता जाेगाउने उपाय भनेको खाेप र लकडाउन नै भएको बताएका छन् ।

    उनले सबै नागरिकलाई खोप पहिलो प्राथमिकता भएको र यसको लागि बजेट अभाव नभएको बताएका छन् दाबी गरे ।

    रोकथाम र नियन्त्रण सम्बन्धमा गरेको अन्तरक्रियामा मन्त्री श्रेष्ठले नयाँ भेरियन्टलाई नियन्त्रणभित्र राख्नको लागि सरकार र मन्त्रालय लागि परेको बताए ।

    तेस्रो भेरियन्टमा बालबालिकाहरु बढी प्रभावित हुने भन्ने चिकित्कसहरुको अनुमान अनुसार त्यसको उपचार र रोकथामका लागि एचडियो निर्माणको काम भईरहेको बताए ।

    निर्देशनालयका निर्देशक डा बिनोदकुमार गिरिले प्रदेशमा अहिलेको स्वास्थ्य अवस्थाको बारेमा बताउँदै साढे ३ लाख नारिकलाई खोप दिइएको बताए । ७३ हजार बढिलाई भेरोसिल्डको दोस्रो खोप लगाईरहेको उनले जानकारी दिए । रोजगारीका लागि गएका नेपालीहरु विदेशबाट फर्कने क्रममा तेस्रो भेरियन्ट पनि भित्रिन सक्ने कुरालाई मध्यनजर गरी पूर्वतयारी भइरहेको उनले बताए ।

    उनले फ्रन्टलाईनमा काम गर्ने स्वास्थ कर्मचारीलाई जोखिम भत्ता दिएकोले मनोबल बढेको बताए । 

    अन्तरक्रियामा नेपाल पत्रकार महासङका केन्द्रिय सदस्य भवानी पाण्डे, नेपाल पत्रकार महासङ् लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव भरत केसी, वरिष्ठ पत्रकार यमलाल भुसाल, दिनेश पाण्डे, कपिल ज्ञवाली, भगवती पाण्डे, डिबि सुस्लिङ, बिकास पराजुलीलगायतले सुचना बिशिस्टिकरण, सुचनामा एकरूपता, सुचनामा शुद्धता, सुचना प्राप्तीमा सहजता, अनलाईन अपडेट नियमित गर्नुपर्ने, मिडियालाई दिने विज्ञापनको बारेमा स्थानीयलाई प्राथमिकताकासाथ राख्नुपर्ने लगायतका सुझाब दिएका थिए ।

    कार्यक्रम सञ्चारीका समूह लुम्बिनी प्रदेश महासचिव अमृता अनमोलको सञ्चालनमा भएको थियाे  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology