Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कुँवरको पहल तथा एनआरएनको सहयोगमा बडिगाडका ५ स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन

कुँवरको पहल तथा एनआरएनको सहयोगमा बडिगाडका ५ स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन

  • 2.3K
    SHARES

  • कुँवरको पहल तथा एनआरएनको सहयोगमा बडिगाडका ५ स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन

    कौरव खत्री/बागलुङ,असार २२ । 

    बागलुङको बडिगाड गाउँपालिकाका ५ वटा स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर मेसिन  हस्तान्तरण गरिएको छ ।

    नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति दोर्ण कुमार कुँवरको पहलमा गैर आवासीय नेपाली सघं एनआरएनको सहयोगमा प्राप्त मेसिन बडिगाड गाउँपालिकाका दुर्गम वडा नं १,३,४,८ र ९ गरी ५ वडाका स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो । 


    अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै सभापति कुँवरले आफ्नो आग्रहलाई स्वीकार गरी मेसिन सहयोग गरेकोमा जन्मभुमी नेपालमा भई कर्मभुमी विदेशमा बनाउनुभएका सम्पूर्ण ग्रैह आवासीय नेपाली सघं परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    साथै नेता कुंवरले यस अगाडी पनि नेपाली काँग्रेसको पहलमा जिल्लाका विभिन्न स्थान तथा विशेष गरी बाग्लुङ क्षेत्र नं २ मा कोरोना न्यूनिकरणका लागि थुप्रै स्वास्थ्य सामाग्री तथा मेसिनहरु वितरण गरिएको बताउदै कुँवरले भौगोलिक हिसाबले अत्यन्तै दुर्गम रहेका बडिगाडका दुरदराजका स्वास्थ्य चौकीहरुमा अक्सिजन अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस भनेर अक्सिजन कन्सन्टे«टर प्रदान गरेको भन्दै सही सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।


    मेसिन हस्तान्तरण कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजाले एनआरएन तथा पहल गर्ने नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति दोर्ण कुँवरप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै अध्यक्ष पाइजाले कोरोनालाई न्यूनिकरण गर्न सबैको मानवीय र सामाजिक दायित्व आवश्यकता रहेको भन्दै सबै एकजुट हुनपर्नेमा जोड दिनुभयो ।  
    कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य दिलमाया पौवी,राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सचिव भिमलाल पोख्रेल,नेकपा एमाले बडिगाड गाँउपालिकाका अध्यक्ष गुणानिधि घिमिरेले शुभकामना मन्तव्य राख्नु भएको थियो  ।

    कार्यक्रममा बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर श्रीस,प्रमुख प्रशाशकीय अधिकृत बालकृष्ण सुवेदी,नेपाली काँग्रेस बडिगाड गाँउपालिकाका सभापति एवम् वडा नं ५ का वडाअध्यक्ष अर्जुनप्रसाद खरेल,वडा नं २ का वडाअध्यक्ष ढालेन्द्र शेरचन,स्वास्थ्य संयोजक चुडामणी कंडेल लगायत विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार,गाँउपालिकाका कर्मचारी,स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन भने बडिगाड गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष मौसमकाजी क्षेत्रीले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology