Logo बिहिवार, आश्विन १ गते २०८३
images

जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने सहमति !

जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने सहमति !

  • 4.4K
    SHARES

  • जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने सहमति !

    बुटवल,असार २२ । 

    जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने सहमति भएको छ । सहमतिका लागि आज निर्वाचन आयोगमा भएको छलफलमा दुवै समूहले राजनीतिक दल सम्बन्धी ऐन बमोजिमको प्रक्रियाबाट छुट्याइदिन मन्जुरीनामा दिएका हुन् । 

    ‘हामी दुवै पक्ष राजनीतिक दलसम्बन्धी ऐन बमोजिमको प्रक्रियाबाट हुने निर्णयअनुसार आयोगलाई अगाडि बढ्ने कुरामा मञ्जुर गर्दछौं,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आज दुवै समूहले दिएको मञ्जुरीनामा उल्लेख गर्दै  भने, ‘दुवै पक्षको विवाद कायमै छ, मिल्न सक्ने अवस्थामा छैनौं ।आयोगले छुट्याइदिन पर्‍यो ।’

    सत्ता समीकरणका विषयबाट सुरु भएको जसपाको विवाद विभाजन हुने कानुनी प्रक्रियासम्म पुगेको हो । जसपाको अध्यक्ष उपेन्द्र यादव समूह प्रधानमन्त्री केपी शर्मा विरुद्धको विपक्षी गठबन्धनमा छ भने, अध्यक्ष महन्थ ठाकुर समूह प्रधानमन्त्री ओली र सत्तारुढ एमालेको पक्षमा छ । यसैले यो विवाद सुरु गरेको हो ।
     
    आयोगलाई ऐन बमोजिम छुट्याउने मञ्जुरी दिन आज कान्तिपथस्थित कार्यालयमा यादव समूहबाट यादवसहित संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेताहरू महेन्द्र राययादव, राजेन्द्र श्रेष्ठ र नवराज सुवेदी उपस्थित थिए भने ठाकुर समूहबाट ठाकुरसहित नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल उपस्थित थिए । 

    दवै समूहका नेताहरूबाट आयोगलाई छुट्याउने प्रक्रिया सुरु गर्न मञ्जुरीनामा आएपछि आयोगले भोलि ऐन बमोजिम इजलास गठन गर्ने प्रमुख आयुक्त थपलियाले जानकारी दिए । 

    ‘भोलि बसेर आयोगले इजलास गठन गर्छ । ऐनले कम्तिमा सात दिनको म्याद दिने भनेको छ,’ थपलियाले भने, ‘यति गते सुनुवाइ हुने भएकाले आफ्नो कानुन व्यवसायी मुकरर गर्ने भए बैठकबाट निर्णय गरी जानकारी गराउन भन्छौं ।’ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology