बुटवल,असार २२ ।
समुन्नत नेपाल इञ्जिनियरिङ्गले बुटवलमा सेवा शुभारम्भ गरेको छ । ३ जना युवा सन्जोग शर्मा,प्रशान्तजंग कार्की र बिराट पाैड्यालको संयुक्त लगानीमा प्रालि संचालनमा ल्याइएको हाे ।
इञ्जिनियरिङ्ग पढेका र यही क्षेत्रमा रहेका युवाहरु धमाधम विदेश पलायन भैरहदा उनीहरुले भने देशमा युवा स्वरोजगार कायम गर्नको लागि उक्त प्रालिको संचालन गरेको संचालन सन्जोग शर्माले नागरिक अनलाइनलाई जानकारी दिए।
साे इञ्जिनियरिङ्गले घर निर्माण सम्बन्धि निशुल्क रुपमा परामर्श , घर नक्सा डिजाइन साथै नगरपालिका पास, थ्रिडी डिजाइन रइन्टेरियर डिजाइन र बगैचा सौन्दर्यकरण , भू -सर्वेक्षण र ड्रोन सर्वेक्षण रडीपीआर तयारी , घर जग्गा सम्पत्ति मुल्यांकन वातवरणीय प्रभाव मुल्यांकन लगायतका कामहरु गर्ने प्रशान्तजंग कार्कीले बताए ।
यसको कार्यालय बुटवल उप महानगरपालिका वार्ड नम्बर ४ आदर्शनगरमा रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)