Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोपा अमेरिका फुटबल : पेरुलाई १–० ले स्तब्ध पार्दै ब्राजिल फाइनलमा

कोपा अमेरिका फुटबल : पेरुलाई १–० ले स्तब्ध पार्दै ब्राजिल फाइनलमा

  • 2.1K
    SHARES

  • कोपा अमेरिका फुटबल : पेरुलाई १–० ले स्तब्ध पार्दै ब्राजिल फाइनलमा

    बुटवल,असार २२ । 

    ब्राजिल जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पेरुलाई १–० ले स्तब्ध पार्दै ब्राजिल फाइनलमा पुगेको हाे । मंगलबार बिहान ब्राजिलको ओलम्पिक मैदानमा सम्पन्न खेलमा लुकास पाक्वेलाले खेलको ३५ औं मिनेट गोल नै निर्णायक बन्यो ।  उनले स्टार खेलाडी नेयमारको पासमा गोल गरेका थिए ।

    रोमाञ्चक खेलमा ब्राजिलले पेरुको पोस्टमा १५ सुट प्रहार गरेको थियो । जसमा टार्गेट अन सुट ८ वटा थियो । यस्तै पेरुले ब्राजिलको पोस्टमा ७ प्रहार गरेपछि २ वटा मात्रै टार्गेट थियो ।

    ३ वटा पहेँलो कार्ड प्रयोग गरिएको खेलमा ब्राजिलको बल पोजिसन ६४ प्रतिशत र पेरुको ४४ प्रतिशत रहेको थियो ।

    अब फाइनलमा ब्राजिलले जुलाई ११ मा अर्जेन्टिना वा कोलम्बियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र कोलम्बिया सेमिफाइनलमा भोलि भिड्दैछन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology