Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सरकारबिरुद्ध माेर्चाकसेका पाँच बिद्यार्थी संगठनद्वारा बुटवलमा मसाल जुलुस

सरकारबिरुद्ध माेर्चाकसेका पाँच बिद्यार्थी संगठनद्वारा बुटवलमा मसाल जुलुस

  • 5.3K
    SHARES

  • सरकारबिरुद्ध माेर्चाकसेका पाँच बिद्यार्थी संगठनद्वारा बुटवलमा मसाल जुलुस

    बुटवल,असार १९ ।

    विपक्षी गठबन्धनका पाँच बिद्यार्थी संगठनले बुटवलमा मसाल जुलुस निकालेका छन् । सरकारको अधिनायकवादी र स्वच्छाचारी शासन बिरुद्ध नेपाल बिद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी बिद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

    बुटवलको अस्पताललाईनबाट सुरु गरिएको मसाल जुलुस प्रदर्शन ट्राफिकचोक पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै बिद्यार्थी नेताहरुले मुलुकमा जव संकट पर्छ त्यसबेला बिद्यार्थीले आन्दोलनको नेतृत्व गर्दै आएको र बिद्यार्थीले गरेको आन्दोलनले मूर्त रुप लिएको बताएका थिए ।

    कोण सभालाई सम्बोधन गर्दै नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले नेपालको राष्ट्रियता र स्वाधिनता रक्षाका लागि नेपाली बिद्यार्थी अहिले सडकमा ओर्लिन बाध्य भएको बताए ।

    बिद्यार्थीले निकालेको मसाल जुलुसलाई प्रहरीले हस्तक्षेप गरेपनि बिद्यार्थीको प्रदर्शन राेकिएन ।

    birdh-student.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology