Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेकपा एमाले केन्द्रीय कमिटी बैठकआज पनि बस्दै

नेकपा एमाले केन्द्रीय कमिटी बैठकआज पनि बस्दै

  • 4.8K
    SHARES

  • नेकपा एमाले केन्द्रीय कमिटी बैठकआज पनि बस्दै

    बुटवल,असार १९- 

    शुक्रबारबाट सुरु भएको सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। हिजो बैठक आज ३ बजेसम्मका लागि स्थगित गरिएको थियो। 

    नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच जारी विवादका कारण केन्द्रीय कमिटी बैठकलाई चासोका साथ हेरिएको छ। 

    नेकपा एमाले र माओवादी केन्द्र व्युँतिएपछि यसअघिका बैठकमा सहभागी नभएका उपाध्यक्ष वामदेव गौतमपनि यसपटकको बैठकमा सहभागी भएका छन् र उनले पार्टी एकतामा जोड दिँदै त्यसको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन्। तर, बैठकमा नेपाल पक्षका नेताहरुभने सहभागी भएका छैनन्।

    पार्टीलाई ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीमा लैजान २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग नेपाल पक्षले गर्दै आएको छ। 

    पार्टीमा विवाद जारी रहँदा नेपाल पक्षका २३ जना प्रतिनिधि सभा सदस्यले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए। शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले भने-‘हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न। कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन। यो कुरा किमार्थ स्वीकार्य छैन। त्यसो गर्नु पार्टी फुटको घोषणा हो-’ओलीले भनेका छन्।

    ओलीले समयसीमा तोकेपछि नेपाल पक्षले भने ओलीले एमालेलाई एकताबद्ध बनाउन नचाहेको पुनर्पुष्टि भएको टिप्पणी गरेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology