Logo बिहिवार, आश्विन १ गते २०८३
images

भारतमा अलपत्र देवदहका १६ बर्षिय अविनासको उद्धार,मानव कल्याण मित्र मञ्चले गराइदियो परिवारसंग पुर्नमिलन

भारतमा अलपत्र देवदहका १६ बर्षिय अविनासको उद्धार,मानव कल्याण मित्र मञ्चले गराइदियो परिवारसंग पुर्नमिलन

  • 2.4K
    SHARES

  • भारतमा अलपत्र देवदहका १६ बर्षिय अविनासको उद्धार,मानव कल्याण मित्र मञ्चले गराइदियो परिवारसंग पुर्नमिलन

    बुटवल,असार १३-

    भारतमा अलपत्र रुपन्देही देवदहका एक किशाेरको उद्धार गरिएको छ । भारतस्थित प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा मानव कल्याण मित्र मञ्च नेपालले भारतको बनारसबाट चरङेका अविनास सुनारलाई उद्धार गरेको हो । भारतको बनरसमा बालकल्याण समितिले सञ्चालन गरेको बालगृहबाट १६ बर्षिय किशाेरको उद्धार गरी आइतबार घरपरिवारलाई बुझाएको छ ।

    एक वर्षदेखि भारतमा अलपत्र परेका सुनार बालगृहमा रहेको थाहा पाएपछि नेपाली राजदुतावासको समन्वयमा उद्धार गरी मानव कल्याण मित्र मञ्च नेपाललाई बालकको जिम्मा लगाइएको प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष विष्णुप्रसाद खनालले बताए ।

    प्रवासी नेपाली मित्र मञ्चका अध्यक्ष खनाल र मञ्चका संरक्षक शेयरसिंह जिम्मालले उद्धार गरिएका ती किशाेरलाई नेपाल ल्याएका हुन् । अविनासलाई आइतबार देवदह नगरपालिका वडा नम्बर १० का जनप्रतिनिधि,  स्थानीय र सञ्चारकर्मीको रोहवरमा बालकका बुवा अमर सुनारलाई  बुझाईएको हो ।

    घरमा आमा र बुवाको सम्बन्ध विच्छेद भएपछि अभिभावकको मायां नएपछि सानीमालाई खोज्दै भारत गएको अवस्थामा आफु अलपत्र परेर नेपाल फर्कन नसकेको अविनास सुनारले बताए ।

    नेपालमा आफ्नो थर सुनार भएपनि भारतको वालगृहमा अविनास थापा नाम लेखाएको उनको भनाइ छ  । भारतमा अलपत्र परेका र हराएका नेपालीको उद्धार गरी नेपाल ल्याएर सम्बन्धित व्यक्तिको घरपरिवारलाई बुझाउने गरिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए ।

    अहिलेसम्म १ हजार २ सय भन्दा बढी जनाको उद्धार गरिएको उनले नागरिक अनलाइनलाई जानकारी दिए। साे  मञ्चले विशेष गरेर महिला  र बालवालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology