Logo बुधवार, श्रावण १३ गते २०८३
images

‘देउवाजीसँग मलाई दाजेर एउटै बास्केटमा नराख्नूस्,अब मेराे पालाे हाे’ : रामचन्द्र पौडेल

‘देउवाजीसँग मलाई दाजेर एउटै बास्केटमा नराख्नूस्,अब मेराे पालाे हाे’ : रामचन्द्र पौडेल

  • 2.7K
    SHARES

  • ‘देउवाजीसँग मलाई दाजेर एउटै बास्केटमा नराख्नूस्,अब मेराे पालाे हाे’ : रामचन्द्र पौडेल

    बुटवल,असार १२-

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भावि सभापतिका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा एकपटकका लागि सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।

    ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईहरुले मलाई सहयोग गर्नुपर्‍यो,’ पौडेलले बैठकमा भने,‘मलाई शेरबहादुरजीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’

    कांग्रेसभित्र सभापति देउवा र वरिष्ठ नेता पौडेलले नेतृत्वबाट अवकास लिनुपर्ने कतिपय नेताहरुले धारणा राख्दै आएका छन् ।

    पौडेलले आफूलाई देउवासँग नदाज्न आग्रह गर्दै आफू नेतृत्वका लागि टेष्ट नभइसकेका जीकिर गरे । ‘देउवाजीसँग मलाई दाजेर एउटै बास्केटमा नराख्नूस्,’ उनले भने ।

    १४ औं महाधिवेशन नजिकिएसँग नेतृत्वका दौडधुप सुरु भएको हो । कांग्रेस सभापति देउवा र उपसभापति विमलेन्द्र निधिले तयारी तीव्र पारेपछि बरिष्ठ नेता पौडेलले भने सक्रियता बढाएका हुन् ।

    उनले आफूनिकट केन्द्रीय सदस्यहरुसँग सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् । तर संस्थापनइतर समूहबाट आधा दर्जन बढिले नेतृत्वका लागि दावी गरे ।

    कांग्रेसमा अहिलेसम्म सभापति शेरबहादुर देउवा,महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा.शेखर कोइराला, सुजाता कोइराला,अर्जुननर सिंह केसी,डा रामशरण महत र कल्याण गुरुङले भावि सभापतिमा दाबी गरिसकेका छन्  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology