Logo बुधवार, श्रावण १३ गते २०८३
images

सर्बाेच्चको आदेशले संविधान बलियो बनायो,संसद पुर्नस्थापित हुन्छ : डा.शेखर कोइराला

सर्बाेच्चको आदेशले संविधान बलियो बनायो,संसद पुर्नस्थापित हुन्छ : डा.शेखर कोइराला

  • 3.6K
    SHARES

  • सर्बाेच्चको आदेशले संविधान बलियो बनायो,संसद पुर्नस्थापित हुन्छ : डा.शेखर कोइराला

    बुटवल,असार ८-

    नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले सर्बाेच्चले संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन् । उनले लोकतन्त्र बचाउन,संविधानलाइ सहि बाटोमा ल्याउने काममा सर्बाेच्चको कदम सहि आएको बताए ।

    अदालतको आदेशपछि नागरिक अनलाइनसंग कुरा गर्दै उनले भने -‘यसपटक पनि संसद पक्कैपनि पुर्नस्थापित हुन्छ,आधार भनेको संविधान हो ,न्यायाधीशको बिज्ञता र विश्वास हो,हामीलाइ न्यायालयमाथि पूर्ण भरोसा छ ।’ १४६ सांसदको हस्ताक्षर सहित सर्बाेच्चमा शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउन आफुहरु पुगेको भन्दै उनले न्यायपालिकामाथि कांग्रेसले सधै विश्वास राख्ने बताए ।

    उनले सरकारले जनता जोगाउनेतर्फ कुनैपनि काम गर्न नसकेको आरोप लगाए ।सरकार खोप किनेर ल्याउन तदारुकता देखाइराखेका छैन,परराष्ट्र मन्त्रीले वल्ड बैंकलाइ खोप किन्न आग्रह गर्ने कुरा हास्यास्पद रहेको उनको भनाइ छ । नेपालमा कोरोनाको संक्रमण दर २० प्रतिशत अझै छ,५ प्रतिशतमा घटेपछि र सबैले खोप लगाइसकेपछि मात्रै विश्वस्त हुनुपर्ने विश्व स्वास्थ्य संगठनको मान्यता रहेको उनले बताए । कांग्रेसको अधिबेशन कोरोनाको तेश्रो लहरको मुखैमा हुने डर रहेको समेत उनले बताए ।

    यस्तै नेपाली काङ्ग्रेस अर्घाखाँची रूपन्देही सम्पर्क समितिको आयाेजनामा भएको काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशन र चुनौती बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बाेल्दै डा.कोइरालाले अहिले नेपालमा कोरोना कहरसंगै राजनीतिक संकट गहिरिएकोे भन्दै कोइरालाले पहिलो संसद बिघटनपछि कांग्रेसले खास भूमिका खेल्न नसकेको स्वीकार गरे । उनले लोकतन्त्र बचाउन,संविधानलाइ सहि बाटोमा ल्याउन बिपक्षी दलहरु सबै एक ठांउमा उभिनुपर्ने बताए ।

    सभापतिका दाबेदार समेत रहेका उनले १४ औं महाअधिबेशन यो बिषम अवस्थामा गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले अब युवापुस्ताले कांग्रेसको नेतृत्व गर्ने बताए । ‘म महाधिबेशन भन्दिन,यसलाइ चुनाव भनौं ,कोरोनाका कारण फरक ढंगले अधिबेशन गर्नुपर्ने छ ।’उनले भने ।

    साे कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य तथा सचेतक पुष्पा भुसाल, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, लेखा समितिका सभातपति भरत कुमार शाह , काङ्ग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्री,काङ्ग्रेस अर्घाखाँची सभापति बिष्णु प्रसाद खनाल मुस्कान,सन्धिखर्कका मेयर कमल भुसाल,कांग्रेस बुटवल उपमहानगरका सभापति खेलराज पाण्डे , रेवती प्रसाद भुसाल, श्यामनाथ काश्यप , डा.जय बहादुर टन्डन, बिष्णु पोखरेल,दिनेशमणी घिमिरे ,समितिका अर्का उपाध्यक्ष गणेश चन्द्र पोख्रेलले लगायतले बाेल्दै भदाैमा नयाँ एजेन्डासहित पार्टीको महाधिबेशन गर्नुपर्ने बताए ।

    समितिका अध्यक्ष तुल्सी भुसालकाे अध्यक्षता,उपाध्यक्ष टिकाराम बञ्जाडेकाे स्वागतमा भएकाे कार्यक्रमकाे संचालन नेपाली काङ्ग्रेस अर्घाखाँची रूपन्देही सम्पर्क समितिका सचिव युवा नेता बिनाेद घिमिरेले गरेका थिए ।

    nc.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology