Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा प्रदेशसभा बैठक बहिष्कार,बजेट छलफलमा भाग नलिने चेतावनी

लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा प्रदेशसभा बैठक बहिष्कार,बजेट छलफलमा भाग नलिने चेतावनी

  • 3.3K
    SHARES

  • लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा प्रदेशसभा बैठक बहिष्कार,बजेट छलफलमा भाग नलिने चेतावनी

    बुटवल, असार ६-

    लुम्बिनी प्रदेश सरकारको बजेटमाथि छलफल गर्न आब्हान गरिएको प्रदेशसभा बैठक विपक्षी दलले बहिष्कार गरेका छन् । जसका कारण लुम्बिनी प्रदेश सभाको वैठक स्थगित भएको छ । 

    अल्पमतको सरकारले ल्याएको बजेट छलफलमा भाग नलिने उनीहरुको चेतावनी छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बैठक हुनासाथ सरकारले बहुमत गुमाएको भन्दै तानाशाही ढंगले सरकार चलेका कारण छलफलमा बस्न नसकिने बताए ।

    उनले सरकारका क्रियाकलाप र प्रदेश प्रमुखको समेत अनेक खालका अवैधानिक क्रियाकलाप सार्वजनिक भइरहेको भन्दै सरकारलाई सहयोग गर्न सकिने ठाउँ नभएको जिकिर गरे ।

    उनले विधि विधान पद्धति मिचेर प्रदेश सरकारअघि बढेको भन्दै अब त्यो सहेर नबस्ने बताए ।  नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले नागरिक अनलाइनसंग भने-‘अल्पमतमा रहेका मुख्यमन्त्री संविधानको कुन धाराबाट बनेको भन्ने पुष्टि नगर्दासम्म संसद्का गतिविधि बन्द रहन्छन् ।’ 

    उनले संसदलाई सधैँ अनिश्चितताको भुमरीमा धेरै दिन राख्न नहुने बताए । दलबीच छलफल गरेरअघि बढ्ने संसद् सचिवालयको तयारी छ । विपक्षी सांसदहरु बाहिरिएपछि सभामुख पूर्णबहादुर घर्तीले सवा ३ बजेसम्मको लागि बैठक स्थगित गरेका थिए। आइतबार प्रदेशसभामा बजेटमाथि छलफल सुरु गर्ने र आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीबाट आर्थिक वर्ष २०७८–०७९ विनियोजन विधेयक सभामा पेश गर्ने कार्यसूची थियो। 

    तर, विपक्षी दलहरुले दोस्रो बैठकमा पनि उपस्थित नहुने सूचना आएपछि असार ९ गतेसम्मका लागि बैठक स्थगित भएको छ। प्रदेशसभाले सूचना जारी गरी सभामुखको निर्देशानुसार असार ९ गते बुधबार दिनको १ बजे बस्ने गरी बैठक स्थगित भएको  छ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology