Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पामा रैनादेवीका विपन्न वर्गलाई खाद्यान्न बितरण

पाल्पामा रैनादेवीका विपन्न वर्गलाई खाद्यान्न बितरण

  • 2.3K
    SHARES

  • पाल्पामा रैनादेवीका विपन्न वर्गलाई खाद्यान्न बितरण

    बुटवल,असार ४-

    पाल्पामा विपन्न वर्गलाई खाद्यान्न बितरण गरिएको छ ।

    पाल्पा रैनादेवी –७ ढाबका विपन्न वर्गलाई सोही गाउँपालिकामा स्थायी बसाई भएकाद्वय ताराबहादुर खड्का र लता खड्काले संयुक्त रुपमा राहत प्रदान गरेका छन्।

    मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनीकी संयोजक रहेकी लता खड्का र उनका बुवा तारा बहादुर खड्काले लामो निषेद्याज्ञाका कारण जंगलको बीचमा रहेको बस्तीका बासिन्दालाई समस्या परेपछि आफ्नो निजी खर्चमा अत्यावश्यक खाद्यान्न सहयोग गरेका हुन् ।

    अन्य समयमा पनि विभिन्न सेवाबाट बञ्चित रहेका विकट क्षेत्रका बासिन्दालाई हाल झनै समस्या परेको हुँदा सहयोग गरेको सहयोगी लता खड्काले बताइन् । उनले भनिन् ‘ जंगलको बीचमा बस्ती छ, त्यहाँ र त्यहाँका बासिन्दाप्रति खासै धेरैको ध्यान जाँदैन । विशेषगरी दलित समुदायको बाहुल्यता रहेको छ । हामी बुटवल बसेपनि स्थायी घर यतै हुँदा आएको बेला सक्दो सहयोग गरेका हौं ।’

    बुवा र आफ्नो खर्चमा १९ परिवारलाई प्रति परिवार २५ किलो चामल ,दाल,सोबिन लगाएत अत्यावश्यक खाद्यान्नहरु सहयोग हस्तान्तरण गरेको खड्काले बताइन् । पाल्पाकै रैनादेवीमा जन्मघर भएका खड्काद्वय रुपन्देहीको बुटवल–३ मा बसोबास गर्दै आएका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology