Logo बुधवार, श्रावण १३ गते २०८३
images

कांग्रेसले साउन १२ गतेदेखि पार्टीका तल्ला तहमा अधिवेशन सुरू गर्ने

कांग्रेसले साउन १२ गतेदेखि पार्टीका तल्ला तहमा अधिवेशन सुरू गर्ने

  • 3.8K
    SHARES

  • कांग्रेसले साउन १२ गतेदेखि पार्टीका तल्ला तहमा अधिवेशन सुरू गर्ने

    बुटवल,असार ४-

    नेपाली कांग्रेसले साउन १२ गतेदेखि पार्टीका तल्ला तहमा अधिवेशन सुरू गर्ने भएको छ। गाउँ र नगरका वडा अधिवेशन साउन १२ गतेदेखि गर्ने गरी संशोधन गरिएको कार्यतालिका महामन्त्री पूर्णबहादुर खड्काले बिहीबार केन्द्रीय समिति बैठकमा पेश गरेका छन्।

    यो प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल हुँदैछ। सम्भवत यही मितिमा अधिवेशन हुने गरी केन्द्रीय समितिबाट कार्यतालिका अनुमोदन हुनेछ। यसअघि कांग्रेसले असार ६ देखि वडा अधिवेशन गर्ने भनेको थियो। क्रियाशील सदस्यता टुंग्याउनै समय लागेकोले एक महिना पर अधिवेशन धकलिने भएको छ।

    कांग्रेसले केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश गरेको छ। केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार अब सोही मितिमा १४ औं महाधिवेशन हुनेछ।

    यस्तो छ केन्द्रीय समितिमा पेश भएको कार्यतालिका:

    गाउँरनगर वडा अधिवेशन -२०७८ साउन १२ गते ।

    गाउँ र नगरपालिका अधिवेशन-२०७८ साउन १६गते ।

    प्रदेश सभा क्षेत्रीय अधिवेशन-२०७८ साउन २० गते ।

    प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिबेशन- २०७८ साउन २३ गते ।

    एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन-२०७८ साउन २६ गते ।

    प्रदेश अधिवेशन-२०७८ भदौ १ र २ गते ।

    केन्द्रीय महाधिवेशन-२०७८ भदौ १६, १७, १८ र १९ गते काठमाडौंमा।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology